गठबन्धनले बलियो भएका डिल्लीराज पन्त
2022/11/06, 2:04
 
ss

२०७४ सालको निर्वाचनमा कैलाली–५ को प्रदेशसभा९२० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी भएका कांग्रेसका डिल्लीराज पन्त पुनः सोही क्षेत्रबाट सिफारिसमा परेका थिए । प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिसमा परेकी प्रधानमन्त्री समेत रहेका सभापति देउवा पत्नी आरजु समानुपातिक कोटामा परेपछि उनै पन्तलाई प्रतिनिधिसभा उम्मेदवार बन्ने चिठ्ठा पर्यो ।

पन्त सिफारिस भएको प्रदेशसभा९२० मा आरजुका स्वकीय सचिव प्रकाश देउवा उम्मेदवार बन्दा उनलाई कांग्रेसले गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही अनुसार उम्मेदवार बनेका पन्त अहिले चुनावी प्रचारप्रसारमा छन् । प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने कुनै मनसाय नबनाएका पन्तलाई पार्टीले टिकट थमाएपछि लड्नैपर्ने परस्थिती बनेको थियो ।

आरजुकै सिफारिसमा उम्मेदवार बनेका पन्त नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० सहितका दलको समर्थनमा मत माग्न जुटेका छन् । उनी अहिले मतदाता माझ पुगेर आफूलाई विजयी गराउन आग्रह गरिरहेका छन् । पन्तले संविधानको रक्षाका साथै विकास र समृद्धिको मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
गठबन्धनका उम्मेदवारले देशव्यापी रुपमा प्रमुख प्राथमिकताका साथ उठाइरहेको मुख्य प्रतिद्धन्द्धी नेकपा एमालेले दुई तिहाइको बहुमत पाउँदा असंवैधानिक कदम उठाउदै संविधान मिचेको कुरा उनले पनि मुख्य मुद्दा बनाएको पाइन्छ ।

‘एमालेलाई दुई तिहार बहुमत दिदा जनपक्षीय काम नगरेका कारण कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको कुरा जगजाहेर छ । उल्टै संविधान मिच्ने काम गरेको छ,’ पन्त भन्छन्, संविधानको रक्षा र मुलुकको विकासका लागि अहिलेको पाँच दलीय गठबन्धन बनेको हो । जनताले अब हामीलाई नै मत दिएर विजयी गराउने निश्चित छ ।’ उनी कैलाली–५ मा आफ्नो जित सुनिश्चित भइसकेको दाबी समेत गर्दै आएका छन् । ‘मेरो क्षेत्रमा जनताको साथ, समर्थन मलाई भएकाले जित सुनिश्चित भइसकेको छ,’ पन्तको भनाइ ।

पन्तले यो क्षेत्रमा कांग्रेसको बलियो संगठन संरचना, पाँच दलीय गठबन्धनको साथ, प्रदेशको सांसद हुँदा पाँच वर्षे कार्यकालमा गरेका कामलाई चुनाव जित्ने प्रमुख आधारका रुपमा अघि सारेका छन् । बाहिर चर्चा भएजस्तो कांग्रेसबाट निष्काशन भएपछि अहिले स्वतन्त्र उम्मेदवार बनेका पुष्करनाथ ओझाको उम्मेदवारले समस्या नगर्ने दाबी पनि उनको छ ।

‘एक जना व्यक्तिको उम्मेदवारीले पार्टीलाई समस्या गर्छ जस्तो मलाई लाग्दैन । उहाँ९पुष्करनाथ० सँग गठबन्धनलाई असर गर्ने मत पनि नभएको कुरा सबैलाई थाहा छ,’ पन्तले प्रेसपत्रसँग भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति बनाउने प्रतिनिधिसभामा एउटा व्यक्तिको अर्थ पनि छैन भन्ने कुरा सबै मतदाताले बुझेकै छन् ।’ धनगढीमा स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको नजिरका हकमा भने उनी स्थानीय र संघीय चुनावलाई तुलना गर्न नमिल्ने तर्क गर्छन् ।

पन्तले चुनावको नतिजा आफ्नो पक्षमा आउने दाबी गरेपनि स्वतन्त्र उम्मेदवार ओझाका कारण उनले कांग्रेसकै मत नपाउने जोखिम रहेको नेताहरु स्वीकार गर्छन् । यद्यपी अहिले नै त्यो मतको संख्या के–कति हुन्छ भन्ने कुराको आकलन गर्न हतारो हुने उनीहरुको भनाइ छ ।