
बैतडीको पाटन नगरपालिका(९ का वडा अध्यक्ष कालुसिंह भाट आफ्नो पारिश्रमिकबाट वडावासीको विद्युतको बिल तिरिरहेका छन्। उनले चुनावको समयमा वडावासीको विद्युत बिल तिर्ने प्रतिबद्धता जनाएका थिए।

निर्वाचनका समयमा २० युनिटसम्मको बिजुली फ्री गर्ने घोषणा गरेकाले सोहीअनुसार वडावासीको २० युनिटसम्मको विद्युत महसुल पारिश्रमिकबाट तिर्ने गरेको वडा अध्यक्ष भाटले बताए। वडाका करिब २ सय घरघधुरीको छ महिनाको विद्युत महशुल बुझाइसकेको वडाध्यक्ष भाटले बताए। वडामा करिब ३ सय घरधुरी रहेका र बाँकी घरधुरीको विद्युत महसुल तिर्ने प्रक्रियामा रहेको उनले बताए।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। सो वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/19, 10:29
2021/08/19, 2:15
2022/06/06, 5:10
2023/09/01, 1:22