कञ्चनपुरमा एनपि साउँदले भने: चुनाव जित्न मात्र गठबन्धन होईन, देश विकास गर्न बनाएको हो
2022/11/13, 10:51
 
कञ्चनपुरमा एनपि साउँदले भने: चुनाव जित्न मात्र गठबन्धन होईन, देश विकास गर्न बनाएको हो

कञ्चनपुर। नेपाली काँग्रेस तथा कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार नारायण प्रकाश (एनपि)साउँदले निर्वाचन जित्नका लागि मात्र गठबन्धन नगरिएको बताएका छन् ।

शनिवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावि सभालाई समबोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले ‘गठबन्धन चुनाव जित्नका लागि मात्र नभई देशलाई निकास दिन, मिलेर देश बनाउन र देशको समृद्धि र विकास तिब्र गतिमा गर्न बनेको बताए। मुलुकलाई स्थितरता दिन गठबन्धन गरिएको बताउँदै जुन अझै पाँच बर्ष कायम रहने बताएका छन्। उनले सिद्धान्त र विचार फरक–फरक हुनसक्ने भएपनी देश बनाउने विचार एउटै भएको दाबी गरेका छन्।

जनताको जनस्तर माथि उकास्न, आरक्षका समस्या समाधान गर्न गठबन्धनकै सरकार आवश्यक रहेको उनको भनाई छ । शिक्षा र सिचाई गरि दुई पटक मन्त्री ८ बर्ष सांसद र ३ बर्ष मन्त्री भएका थए । उनले आफु पदमा बसेको बेलामा र पदमा नभएपनि यस क्षेत्रको विकासका लागि काम गरेको बताए। उनले एडिबिको अढाई अर्बको प्रोजेक्ट अगाडी बढेको बताउँदै कृष्णपुरमा ६, वेदकोट ५ वटा, शुक्लाफाँटा ४ गरि १५ वटा ठुला पुल बनाएर बस्ति जोड्ने काम गरेको बताए। ३७ करोडमा सुडा टाउन खानेपानि, सडक कालोपत्रे, नदिमा तटबन्ध निर्माण गर्ने लगायतका थुप्रै काम गरेको बताए।

अब शुक्लाफाँटा २ नं. क्षेत्रको केन्द्रबिन्दु रहेको बताउँदै तिनवटै पालिकालाई पाएक पर्ने गरि सभाहल, कर्भडहल, पार्कीङ्ग क्षेत्र, फटबल ग्राउण्ड लगायतका थुप्रै कामहरु गर्नुपर्ने बताए । अबको पाँच बर्षमा यिँ सबै कामहरु सम्पन्न गर्ने उनले दावि गरे। साउँदको क्षेत्रमा १० जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार नर बहादुर धामीसंग हुनेछ । यस्तै कञ्चनपुर क्षेत्र नं २ (ख) का उम्मेदवार बहादुर सिंह थापाले जनताको जिवनस्तर उकास्ने योजना ल्याईने बताएका छन्।उनले एकिकृत विकास योजना अगाडी बढाई जनताका सरोकारका बिषयमा पहिलो बर्षमै गुरुयोजना बनाएर काम अगाडी बढाउने उनले बताएका छन्।