गौरीफन्टा नाका स्तरोन्नति चुनावी एजेण्डामै सीमित
2022/11/13, 12:49
 
ss

अन्तर्राष्ट्रिय नाका बनाउने भन्दै राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा दोहो¥याउँदै आएको गौरीफन्टा नाकाको स्तरोन्नति चुनावी एजेण्डामामात्रै सीमित रहेको छ । 

दलहरुले नाका स्तरोन्नति गर्न पहल गर्ने प्रतिवद्धता जनाउँदै जनतासंग भोट माग्दै आए पनि यो नाका अहिलेसम्म अन्तर्राष्ट्रिय नाकामा परिणत हुन सकेको छैन । ११७ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक ‘हब’ धनगढीसंग जोडिएको नाका हो । तर, अहिलेसम्म काम चलाउ अवस्थामामात्रै सञ्चालन भइरहेको छ ।

काम चलाउ यो नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गर्नका लागि दलहरुले एक दशकदेखि चुनावी एजेण्डा बनाउँदै आएका छन् । यद्यपि, नाकाको अवस्थामा सुधार हुन सकेको छैन । अहिले पनि दल र दलका उम्मेदवारले यो नाकालाई प्राथमिकताका साथ आफ्नो चुनावी एजेण्डा बनाएका छन् । 

‘यो नाका जहिले पनि चुनावी एजेण्डा बन्यो’, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने,‘तर, अन्तर्राष्ट्रिय नाका बन्न सकेन । अहिलेसम्म यसको स्तरोन्नति भएको छैन ।’ कुटनीतिक पहलबाटमात्रै नाका स्तरोन्नति सम्भव रहेको उनको ठम्याइ छ ।