डडेल्धुरामा ४६ जना कैदीबन्दीले मतदान गर्न पाउने
2022/11/13, 12:57
 
ss

डडेल्धुरामा ४६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। जिल्ला कारागार डडेल्धुरामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ४६ जनाले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्।

कारागारमा १०१ पुरुष र ११ महिला गरी जम्मा ११२ जना कैदीबन्दी छन्। उनीहरुमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेधुराका निर्वाचन अधिकृत करुणाकर ओझाले बताए।

कैदीबन्दी लगायत र्कचारीहरुलाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ।