यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक
2022/11/14, 3:40
 
यूएईविरुद्ध धनगढीका अर्जुनको सानदार ब्याटिङ, डेब्यूमै अर्धशतक

काठमाडौंमा जारी यूएईविरुद्धको पहिला एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा धनगढीका अर्जुन साउँदले सानदार ब्याटिङ गरेका छन् । युवा विकेटकिपर ब्याट्सम्यान अर्जुनले यसै खेलमार्फत सिनियर टोलीमा डेब्यू गरेका हुन् । कीर्तिपुर मैदानमा यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि अर्जुनले ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

उनले २९.२ ओभरमा आयान खानको बलमा १ रन लिदैँ आफ्नो अर्धशतक प्रहार गरेका थिए । लगत्तै अर्को ओभरमा रोहन मुस्तफाले उनलाई बोल्ड पारेका थिए । अर्जुनले ८९ बलमा ५ चौका प्रहार गरे । 

अर्जुनले यसअघि नै नेपालको लागि टि–२० अन्तर्राष्ट्रिय खेलमा भने केन्याविरुद्ध गत अगष्टमा डेब्यू गरिसकेका छन् । त्यसबेला अर्जुनले तीन खेल खेल्दा ७० रन बनाएका थिए । 

यसैवर्षदेखि उनी त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । त्यसअघि सुदूरपश्चिमबाट लगातार राम्रो प्रदर्शन गर्दै गएपछि उनलाई आर्मीले टोलीमा अनुबन्ध गरेको हो ।