गौरीशंकर डेन्टल क्लिनिक थप सेवाका साथ नयाँ ठाउँमा
2022/11/15, 3:36
 
ss

धनगढीको ब्राह बर्ष देखि सेवा दिँदै आएको हिमाल गौरीशंकर डेन्टल क्लिनिकले आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तर गर्दै क्लिनिकले धनगढीको अस्पताल लाईनबाट पुरानो कैलाली अस्पतालमा पछाडीबाट सेवा सुरु गरेको छ ।

धनगढीको मुख्य सडक कैलाली नाला देखि क्याम्पस चोक सम्म फराकीलो बनाउने अभियानले गर्दा क्लिनिकले ठाउँ सार्नु परेको सञ्चालक रतन एसकेले बताए साथै मंसिर १६ गते कैलालीको हसुलियामा पनि शाखाको विस्तार हुने जानकारी गराएका छन ।

यस अघि सामान्य दाँतको मात्र उपचार गर्दै आएको क्लिनिकले अव अप्रेसन सहितको सेवा सुरु गरेको उनले बताए । ‘सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको डेन्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा विकास गरेका छौँ’, उनले भने । ‘दन्त उपचारका अव धनढीमा भौतारिनु पर्दैन् ।’

क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा. सुवन कार्की , एमडीएस डा. मनोज खड्का , एमडिएस डा. बीजय कार्की , बिडीएस डा. सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरुको सहयोगले दन्त सेवा भईरहेको क्लिनिक सन्चालक एसके ले बताए । ‘धनगढीमा कुनै वेला दाँतको उपचारका लागि भौतारिरहनुपर्ने अवस्था थियो’, उनले भने ।

‘अहिले दाँतको उपचारका लागि आउनेहरु मानसिकता बनाएर आएका हुन्छन् । परामर्शको आवश्यकता छैन् ।’ मानवका लागि अति आवश्यक कुरा दाँतको उपचार समयमा उपचार नगर्दा थुप्रै समस्या भोग्नु परेको स्मरण गर्दै क्लिनिक सञ्चालक एसके ले सबैलाई समयमा आएर सल्लाह लिन समेत आग्रह गरेका छन् । ‘अर्को कुरा कतिपय अझै पनि क्लिनिकमा समस्या भए मात्र आउने धेरै हुन्छन, उनले भने । ‘समय–समयमा दाँतको परीक्षण गर्नुपर्दछ भन्ने चेतनाको विकास अझै भएको छैन् ।’


क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिंजाको अप्रेसन गर्ने गरेको छ ।थप अनुहारमा लागेका चोटपटका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटीरा सिष्ट ट्यूमर आदीको उपचार भईरहेको सञ्चालक एसकेले बताए ।