एनआईसी एशिया बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुँदा स्थानीय खुशी
2022/11/15, 6:11
 
ss

एन.आईसी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । भीमदत्त नगरपालिका, कन्चनपुरको समन्वयमा एन.आई.सी. एशिया बैंक महेन्द्रनगर शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । 

वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताएका छन् ।  जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंक सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए ।

वडा नम्बर ९ को वडा कार्यालयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा ७ सय ५० लाभग्राही लाभान्वित हुने भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता वडास्तर बाटै बाँडिने एन.आई.सी. एशिया बैंक लि., महेन्द्रनगर शाखाका शाखा प्रमुख हेमराज बिष्टले बताए ।