भोट हाल्न नयाँ उत्साही, पुराना निराश
2022/11/17, 10:18
 
ss

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का राजेश भट्ट मंसिर ४ मा हुने निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन्। महेन्द्रनगर स् कञ्चनपुरको बेदकोट नगरपालिका–७ का राजेश भट्ट मंसिर ४ मा हुने निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन्।

पहिलोपटक मतदान प्रक्रियामा सहभागी हुन पाउँदा उनी उत्साहित देखिन्छन्। ‘पहिलो पटक भोट हाल्दै छु, के होला कसो होला भन्ने उत्सुकता छ,’ उनले भने, ‘भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु।’ पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदा उनले आफ्नो मत बदर हुने पो हो कि भन्ने चिन्ता रहेको सुनाए।

‘भोट माग्न त आए, कसरी भोट दिनुपर्छ भनेर सिकाएनन्,’ उनले भने, ‘टेलिभिजनमा विज्ञापन हेरेर थाहा त पाएको छु । पहिलो पटक भएर अलि डराएको छु।’ उनले आफूले खसाल्ने पहिलो पटकको मत खेर नजाखोस् भन्ने चाहना रहेको बताए। बेदकोट नगरपालिकाकै सरला पन्त पनि पहिलोपटक मतदान प्रक्रियामा सहभागी हुन पाउँदा खुसी भएको बताउँछिन्। 

तर, चोक चौतारामा नेताहरूप्रतिका टीका–टिप्पणीले भने उनीहरूप्रतिको विश्वास टुटेको उनले बताइन्। ‘भोट त दिन्छु नै तर जितेर गएपछि नेताहरूले राम्रो काम गर्लान् भन्ने विश्वास छैन,’ उनले भनिन्, ‘अहिलेसम्म त केही गरेनन्, अब पो के गर्लान् र रु ’

नयाँ मतदाता मतदान गर्न उत्सुक देखिए पनि पुराना मतदाता भने निराश देखिन्छन्। यसअघि धेरै पटक मतदान गरिसकेका भीमदत्त नगरपालिका–८ का ६३ वर्षीया कमलापति जोशी भने निराश देखिन्छन्। ‘पञ्चायतदेखि अहिलेको व्यवस्थासम्म भोट हालेकै हुँ। जुन जोगी आए पनि कानै चिरेका,’ उनले भने, ‘अघिल्लो निर्वाचनमा अब केही गर्लान् कि भन्ने आस थियो तर यी त घरभित्र झगडा गर्न थाले।’ उनले अब नेताले विकास गर्लान् भन्ने आस मरिसकेको बताए।

‘मेरा नाति पनि भोट हाल्ने भइसके केही प्रगति भएन अब के गर्लान् यी स्वतन्त्र पनि भाग नपाएर हुन्,’ उनले आक्रोशित हुँदै भने। भीमदत्त नगरपालिका–३ का सपना उपाध्याय पनि नेताहरूका कर्मप्रति सन्तुष्ट छैनन्। ‘विकास भएको केही छैन रोजगारीको समस्या छ,’ उनले भनिन्, ‘अब कम्तीमा भ्रष्टाचार नगर्ने, जनताको पक्षमा काम गर्ने नेतालाई भोट दिनुपर्छ।’

त्यसैगरी, बेदकोट नगरपालिका–७ का देवकी पन्त मंसिर ४ मा चौथोपटक मतदान गर्दैछन्। उनी भोट हाल्न आतुर भए पनि निराश छिन्। ‘अघिल्लो निर्वाचनमा मत दिएकाहरूले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु,’ उनले भने, ‘हाम्रा समस्या समाधान गर्नेलाई भोट दिन्छु।’