चुनावका दिन कैलालीमा सवारी साधन बन्द हुने
2022/11/18, 5:56
 
dd

कैलालीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न  नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए ।

सूचना_(मतदानको_दिन_सवारी_साधन)_page_0001.jpg

माथिको आदेश अनुसार आफुले मापदण्ड कार्यान्वयका लागि सूचाना जारी गरेका उनको भनाई छ । यस्तै उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने बताइएको छ । पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छै्न भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन् ।

मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको  पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय  कैलालीले जनाएको  छ ।

यस्तो छ सवारी साधन व्यवस्थापन : 

सूचना_(निर्वाचनको_दिने_सवारी_साधन_व्यवस्थापन).jpg