सुदूरका कुन नेता तथा विशिस्ट व्यक्तिले कहाँ-कहाँबाट गरे मतदान ?
2022/11/20, 5:18
 
ss

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान जारी छ । यता सुदूरपश्चिममा पनि बिहान ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

यसैबिच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन् । डोटीको केआईसिंह गाउँपालिका–६ भूमिराज माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन्। 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले मतदान गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचनमा हमाल धनगढीमा स्वतन्त्रबाट नगर प्रमुखमा विजयी भएका थिए। 

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।  पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओझाले मतदान गरेका हुन्।

उनले धनगढीको वडा नम्बर २ मा रहेको शारदा माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। उता अछाम पुगेर एमालेका नेता डाक्टर भीम रावलले मतदान गरेका छन्। उनले जिल्लाको चन्दोदय आधारभुत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्। यसैबिच नेकपा एमालेका सचिब लेखराज भट्टले भट्टले पनि मतदान गरेका छन् । गोदावरी १ घन्टेस्वर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैबिच सुदूरपश्चिम प्रदेश सरकारका पूर्वाधारविकास मन्त्री तथा नेकपा एमालेका तर्फबाट डडेल्धुरा प्रदेशसभा १ का उम्मेदवार पठानसिंह बोहराले मतदान गरेका छन्। उनले भागेश्वर मावि कटाल केन्द्रबाट मतदान गरेका हुन्।

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन्।  यस्तै नेपाली काँग्रेसकानेता तथा कैलाली क्षेत्र नम्बर ५ का  प्रतिनिधि सभा उम्मेदवार दिल्लीराज पन्तले पनि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मतदान गरेका छन्। ​महरले डडेल्धुराको भागेश्वर गागाउँपालिका-३ स्थित गोबिन्दपुरी मावि लामीकाँडे मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

यस्तै कैलाली निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेश सभाका उम्मेदवार प्रकाश देउवाले पनि मतदान गरेका छन् । उनले धनगढी उपमहानगरपालिका वडानम्बर ३ स्थित जनता आधारभुत विद्यालयको मतदानस्थलबट मतदान गरेका हुन् । यस्तै एमालेका दुर्गा जोशीले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । 

नेकपा (एमाले) का तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेश सभा (१) का उम्मेदवार वचनबहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बीना मगरले मतदान गरेकी छिन्। पूर्व मन्त्री मगरले गोरखा माध्यामिक विद्यालय मतदान केन्द्र रामबस्तीमा मतदान गरेकी हुन्।

उनी माओवादी केन्द्रकी नेत्री हुन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका दलहरुले पूर्व मन्त्री मगरलाई उम्मेदवार बनाएका छन्।   यस्तै नेपाली काँग्रेस बिपीका नेता तथा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ले पनि मतदान गरेका छन् । उनले डडेल्धराको गन्यापधुरामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार डा तारा जोशीले पनि सोही केन्द्रबाट मतदान गरेका छन् ।