बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु 
2022/11/21, 11:37
 
ss

बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार  दुर्घटनामा परेर जीपमा सवार रहेका ६ जना प्रहरीको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।  

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुको भने पहिचान भएको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।