मतदानमा भएको विवादलाई लिएर विद्यार्थी नेताको हत्या
2022/11/21, 11:38
 
ss

बाजुरामा घर नजिकै आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर घर नजिकै आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० भोलाबहादुर रावलले कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको जानकारी दिए ।

हिजो दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

त्यस्तै, आइतबार नै मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।