बैतडीमा एमालेका भण्डारीको ह्याट्रिक
2022/11/25, 2:25
 
ss

बैतडीमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्। एकमात्र क्षेत्र रहेको बैतडीमा भण्डारी प्रतिनिधि सभामा विजयी भएका हुन्। उनले ३३ हजार ६११ मत ल्याएका छन्।

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका भण्डारीले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुवर ९विजयसुन्दर० लाई १५३१ मतान्तरले पराजित गरेका हुन्। कुवरले ३२ हजार ८० मत ल्याएका छन्।

यसअघि दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा पनि भण्डारी बैतडीबाटै निर्वाचित भएका थिए। यहाँबाट नेता भण्डारीले लगातार जित निकालेर ह्याट्रिक कायम गरेका हुन्।