दोधाराचाँदनी झोलुंगे पुलको पट्टामा फसेर महिलाको मृत्यु
2022/11/26, 5:08
 
ss

कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो। पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो। महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ। पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए।

तर, दोधराचाँदनी र भीमदत्त नगरपालिकाले जीर्ण पुलको मर्मतका लागि कुनै चासो नदेखाएको स्थानीयको आरोप छ। यसअघि पनि यो पुलमा केही मानिस घाइते भएका थिए।