डोटीमा १४ हजार ३५६ मत बदर
2022/11/28, 6:10
 
ss

डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ। समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो। जसमध्ये ५८ हजार ५४२ मत सदर हुँदा पाँच हजार ७३६ मत बदर भएको हो। एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको चार हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए। 

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ।