कञ्चनपुरमा हातहतियार खरखजाना मुद्धाका फरार प्रतिवादी पक्राउ
2022/11/29, 10:12
 
ss

कञ्चनपुरमा हातहतियार खरखजाना मुद्धाका फरार कसुरदार पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो। 

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरि भट्ट रहेका छन्। सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ। उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो।

तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए। अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।