
सुदूरपश्चिम प्रदेशमा झण्डै साढे १६ हजार जना अझै क्वारेन्टिनमै रहेका छन् । प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका क्वारेन्टिनमा १६ हजार चार सय दुई जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । उनीहरुमध्ये १२ हजार नौ सय १९ जना पुरुष र तीन हजार चार सय ८३ जना महिला रहेका छन् ।

सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ सय ३० जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन् । यस्तै अछाममा दुई हजार चार सय ५८, कञ्चनपुरमा एक हजार नौँ सय ७९, बैतडीमा एक हजार चार सय ३४, बझाङमा एक हजार नौँ सय ४४, बाजुरामा एक हजार चार सय ९१, डडेल्धुरामा आठ सय ६२, दार्चुलामा पाँच सय ५०, डोटीमा एक हजार सात सय ५४ जना क्वारेन्टिनमा रहेको सुदुुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26