अन्तर्घात गर्ने विरुद्धका उजुरीबारे निर्णय गरेर पठाउन कांग्रेस कञ्चनपुरको निर्देशन
2022/12/05, 5:38
नेपाली कांग्रेस कञ्चनपुरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात गर्नेहरु विरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन मातहतलाई निर्देशन दिएको छ।
कांग्रेस कञ्चनपुरले प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरुलाई परिपत्र गरेर निर्वाचनमा अन्तर्घात गर्नेहरुविरुद्ध परेका उजुरीलाई विधिवत् निर्णय गरी पठाउन निर्देशन दिएको हो। जिल्ला सचिव भीम भट्टद्वारा जारी परिपत्रमा आगामी पुस ८ गतेभित्र उजुरीलाई निर्णय गरी पठाइसक्नु पर्ने उल्लेख छ।
यसअघि आइतबार केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेहरु विरुद्ध जिल्ला र प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन निर्देशन दिएको थियो।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/02, 12:32
2021/09/07, 5:47
2022/07/13, 12:20
2023/11/22, 3:59
2020/09/03, 7:47