क्वारेन्टिनबाट घर फर्किएका युवकलाई १० दिनपछि कोरोना पुष्टि, गाउँमा त्रास
2020/06/28, 3:11

कैलालीमा क्वारेन्टिनबाट घर गएका एक युवकमा १० दिनपछि कोरोना पुष्टि भएको छ । चुरे गाउँपालिका वडा नम्बर २ का एक युवकमा कोरोना पुष्टि भएको भन्दै आइतबार आइसोलेसन कक्षमा ल्याइएको छ ।

एक महिनाअघि उनीसँगै भारतबाट आएका नौ जना ककरसिँह आधारभुत विद्यालयमा बस्दै आएका थिए । ती मध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण नभएकाहरु मध्येका ती युवकलाई भने संकमण नरहेको भन्दै घर पठाइएको थियो । तर आइतबार उनलाई संक्रमण रहेको भन्दै घरबाट स्वास्थ्यकर्मीले आइसोलेसनमा ल्याएका क्वारेन्टिनमा रहेका एक युवकले दिए ।
कोरोना संक्रमण पुष्टि भएका युवा गाउँमा पनि गएका कारण गाउँमा संक्रमण फैलिएको आशंका गरिएको छ । त्रसित गाउँलेमध्ये एक जनाको पनि कोरोना परीक्षणका लागि नमुना संकलन भएको छैन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26