
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनर कञ्चनपुर र बैतडीका सुरक्षाकर्मीहरुलाई ४० थान पीपीई सहयोग गरेका छन्।

नेता लेखकले पठाएका स्वास्थ्य सामग्रीहरु कञ्चनपुरमा जिल्ला सभापति हरिप्रसाद बोहराले प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई हस्तान्तरण गरेका छन्। उनले कञ्चनपुरका सुरक्षाकर्मीलाई २० र बैतडीका सुरक्षाकर्मीलाई २० थान पीपीई सहयोग गरेका हुन्।
साथै नेता लेखकले भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका क्वारेन्टाइनमा वितरणका लागि लागि एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर समेत पठाएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39