प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा बैतडीको पहिलो जित दर्ता
2023/01/03, 4:06
 
r3455

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्र्तगत बैतडीले पहिलो जित दर्ता गरेको छ। पहिलो जित दर्ता गर्ने क्रममा बैतडीले अछाममाथि ९० रनको जित दर्ता गरेको हो।

बैतडीले दिएको १०७ रनको लक्ष्य पन्छाएको अछाम ९ दशमलव ४ ओभरमा १६ रनमा अलआउट भयो। अछामका लागि कुनै पनि ब्याट्सओमनले दोहोरो अंकमा रन बनाउन सकेनन्। बैतडीका लागि निर्मला भण्डारीले ४, कप्तान रितु कनौजिया र पिंकी बोहराले दुईदुई विकेट हात पारे।

त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बैततडीले निर्धारित १५  ओभरमा ५ विकेटको क्षतीमा १०६ रन बनायो। जसमा कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९, निर्मला भण्डारीले अविजित ११  रन बनाइन्। अछामकी रविना साउँद, अस्मिता औजी र कविता सुनारले एक एक विकेट हात पारे। 

 यसअघि सोमबार बैतडी कञ्चनपुरसंँ पराजित भएको थियो।  बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ। प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शिर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए।  प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ।

उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुदैंछ।