भूकम्प प्रभाबित क्षेत्रको आवश्यकता पहिचान गर्न प्राधीकरणको टोली डोटीमा
2023/01/04, 11:39
 
dd

 कात्तिक २२ गते डोटी केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्याएको क्षतिको बिस्तृत तथ्यांक संकलन गर्न बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधीकरणको टोली सोमबार डोटी पुगेको छ । 
 
भूकम्पले पुर्याएको क्षतिको बिस्तृत बिवरण संकलन गर्नुका साथै स्थानिय प्राबिधीहरुलाई अभिमुखिकरण गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन् । जिल्ला बिपद ब्यवस्थापन समितिले भूकम्प जादाँ तत्कालको समयमा गर्नुपर्ने आवश्यक राहात उद्दार लगाएतका आवश्यक कार्य प्रभाबकारी रुपमा संचालन गरेको भएपनी पुननिमार्णको लागि प्राधिकरणको टोली डोटी पुगेको प्रजिअ श्रेष्ठले बताईन् ।तत्कालै पुर्विचौकी गाउँपालिका ३ गैरागाउँमा अस्थायी टहर निमार्णको काय गर्नको लागि नेपाल रेडक्रस सोसाईटी संग सहकार्य अघी बढाएको समेत प्रजिअ श्रेष्ठले बताईन् । 

डोटी केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्याएको क्षतिको बिस्तृत तथ्यांक संकलन बिष्लेषण गरि आवश्यकताको पहिचान गर्न स्थलगत रुपमा गई काम गर्न टोली डोटी पुगेको बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधीकरणका उप सचिब धुर्ब खड्काले बताए । 

क्षतिको विवरण संकलन गर्न डोटी पुगेको टोलीले स्थानिय तहका प्राबिधीकहरुलाई मंगलबार  प्राबिधीक सिपको बारेमा जानकारी गराई संयुक्त रुपमा छिटो छरीतो ढंगले तथ्यांक संकलन गरिने उप सचिब खड्काले बताए । उनले भने बिवरण संकलन गर्न स्थानीय सरकारले सहयोग गरेको अवस्थामा १०,१५ दिनमा काम सकिन्छ यदी स्थानीय तहले सहयोग गर्न नसकेको अवस्थामा १,२ महिना सम्म समय लाग्न सक्ने समेत बताए ।  

बिस्तृत अध्ययन पश्चात तथ्यांकक संकलन गरीसकेपछी मुल्यांकलनको आधारमा सहयोगको लागि सम्झौता गरिने प्राधिकरणले जनाएको छ । प्रभाबितहरुलाई के,कसरी, कति सहयोग गर्ने सन्दर्भमा नेपाल सरकारले कार्यबिधी बनाईसकेको पारित हुने तयारीमा रहेको समेत उप सचिब खड्काले बताए ।

डोटी जिल्लाको तथ्यांक अनुसार डोटीमा करिब ५ हजार बराबर घरहरु पूर्ण तथा आंशिक रुपमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको जानकारी अनुसार सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा सबै भन्दा कम बोगटान फुडसिल गाउँपालिकामा रहेका घरहरुमा पूर्ण तथा आंशिक रुपमा क्षती भएको जनाएको  छ । 

बिस्तृत अध्ययनको लागि बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधीकरणकाबाट १३ जनाको जियोलोजिस्ट, हाईडोलोजिस्ट, ईस्टक्चर ईन्जीनियर ,आर्टिटेक्चर ईन्जीनियर, सिभील ईन्जीनियर सहितको टिम डोटी आईपुगेको छ । केन्द्रबाट आएको टोलीले मंगलबार डोटी जिल्लाका स्थानीयतह प्रमुख, जिल्लाका सरोकारवाला निकाएहरुलाई कार्यसंचालनको बारेमा जानकारी गराउनुका साथै सबैलाई सहयोग गर्न आग्रह गरेको छ । केन्द्र बाट आएको प्राधीकरणको टिमले बुधबार देखी आफ्नो कार्यथालनी गर्ने टोलीले जानकारी दिएको छ । 

२०७९ कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाले ज्यान गुमाउनुका साथै ७ जना घाईते भएका थिए