
भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीका एक किशोरको मृत्यु भएको छ । जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ बर्षीय सुनिल बोहराको मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए ।

गएको एक बर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो । जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको बताइएको छ । जेसीबी चालकको रुपमा काम गर्दै आएका बोहराको भारतमै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ ।
बोहराको मृत्युको खबरपछि आफन्त घटनाका बिषयमा बुझ्नका लागि पिथौरागढ गएका पारिवारिक श्रोतले जनाएको छ । कक्षा ११ मै पढ्ने बेला बोहरा रोजगारीको खोजीमा पिथौरागढ गएको बुझिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44