नेपाल तेक्वान्दो संघ खारेज नगर्न अदालतको आदेश
2023/01/05, 5:11
 
tekwando

 पाटन उच्च अदालतले नेपाल तेक्वान्दो संघको दर्ता खारेज नगर्न आदेश दिएको छ । नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गरेर बुधबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।

पुस ५ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो । समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहनेगरी तेक्वान्दो महासंघ गठन गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।

पुस २० गते बुधबार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मका लागि कार्यन्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकाकरी दिएको छ ।

पत्रकार सम्मेलनमा उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् । संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।