
बैतडीमा शहीद दिवसको अवसरमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिकाले महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा नगरस्तरीय महिला क्रिकेट महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो।

माघ पहिलो हप्ताबाट शुरु हुने प्रतियोगिताका ११ वटै वडाको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए। प्रतियोगितामा टोली सहभागिताका लागि सबै वडाहरुलाई जानकारी पठाइएको उनले बताए।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुलाई सहज होस भनेर वडा कार्यालयहरुमा पत्र पठाइएको अध्यक्ष चन्दले बताए। प्रतियोगिताको पुरस्कार, मिति र खेल सञ्चालनको स्थान केही दिनमा तोकिने चन्दको भनाई छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31