
बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १ः३० बजेतिर स्कारपियोले ठक्कर दिएको हो।

दार्चुलाबाट धनगढी आइरहेको भे १ च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44