प्रथम इलाइट कपको मिति स¥यो, पुरस्कार बढ्यो
2023/01/07, 4:57
 
mr hamal

लालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा आयोजना हुन लागेको इलाइट कप फुटबल प्रतियोगिताको मिति सरेको छ । इलाइट युथ क्लवको आयोजनामा हुन लागेको कप यस अघी पुस २५ गतेदेखी हुने भनिएको थियो । बिबिध प्राबिधिक कारण प्रतियोगिताको मिति सरेको पत्रकार सम्मेलन मार्फत क्लवले जानकारी दिएको हो ।

पुस २५ गतेबाट हुने भनिएको प्रतियोगिता अब माघ २० गतेबाट हुने क्लवका अध्यक्ष देवेन्द्र हमालले जानकारी दिएका छन् । प्रतियोगिताको मिति सरेसंगै अब पुरस्कार राशीपनि बढाएको हमालले बताए । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार प्राप्त गर्ने जानकारी गराएको क्लवले अब मिति सरेसंगै पुरस्कार राशीपनि बढाएर बिजेताले ७५ र उप बिजेताले ३५ हजार नगद पुरस्कार पाउने अध्यक्ष हमालले बताए ।

१६ टिम सहभागी गराउने जानकारी गराएको क्लवले हालसम्म १६ टिम दर्ता भइसकेको जनाएको छ । अब थप टिम सहभागी गराउनेपनि क्लवले निर्णय गरेको छ । प्रतियोगिता कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल आयोजना हुने जनाइएको छ ।
बिषेशगरी कैलारी गाउँपालिका र धनगढी उप महानगरपालिकाका खेलाडीहरुलाई समेटेर खुल्ला फुटवल प्रतियोगिता आयोजना गरिन लागेको अध्यक्ष हमालले बताए । कार्यक्रमको उद्घाटनमा थारु कलाकारहरु सहितको उपस्थितीमा साँस्कृतीक कार्यक्रम सहित भब्य कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिने आयोजकले बताएको छ । आयोजक क्लव इलाइट युथ क्लावका सह सचिव राम बहादूर बिकले कैलारी गाउँपालिका ६ का सबै युवाहरुलाई समेटेर क्लव गठन गरेको र अब खेलकुद संगै शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमापनि क्लव काम गर्ने बताए ।

क्लवका सचिव बिजय चौधरीले यस प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीको सहभागिता बढ्ने अपेक्षा लिएको बताए । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरर लाई नगद २ हजार पुरस्कार रहेको उनले बताए ।