
धनगढी - कैलालीको मसुरियाबाट पेष्तोलसहित २ जना पक्राउ परेका छन्। आज दिउँसो साढे ४ बजेको समयमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी आरआईटि र जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ईलाका प्रहरी कार्याललय मसुरिया कैलालीबाट खटीएको संयुक्त प्रहरी टोलीले पेस्तोल सहित २ जना लाई पक्राउ गरेको हो।

कैलाली गौरीगंगा नगरपालीका ९ भगवानपुर बस्ने ३६ बर्षिय महेन्द्र देउवाको घरबाट Made in U.S.A. लेखेको पेस्तोल थान -१ बरामद गरिएको हो।स्वयम महेन्द्र देउवा र गौरीगंगा नगरपालीका ४ राजिपुर बस्ने बर्ष ३५ को नरेन्द्र खडायतलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । उनीहरुलाई पक्राउगरी थप अनुसन्धान थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48