बागमतीलाई हराउँदै सुदूरपश्चिमको विजयी सूरुवात
2023/01/13, 6:02
 
dd

प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमतीलाई हराएको छ । शुक्रबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३३ रनले हराएको हो । 

सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कबिता कुँवरले ५० रनको अर्धशतकिय इनिङ्स खेलिन् । रितु कनोजिया २७ रनमा नटआउट रहदाँ बिन्दु रावल र सम्झना खड्काले समान १० रन बनाए । रुबि पोदार ८, सोभा रोकाया २ र कबिता जोशी ७ रनमा नटआउट रहिन् ।

बागमतीकी अश्मिना बज्राचार्य २ तथा याशु पाण्डेले समान दुई तथा खुसी डंगोल र मनिषा उपाध्यायले समान एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बामगतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । कन्चन श्रेष्ठको १६ रन टोलीका लागि सर्वाधिक धेरै स्कोर रह्यो । 

सोनी पाख्रिनले १५, खुसी डंगोलले १४, अश्मिना कर्मचार्यले १३, अश्मिता खरेलले ३, हिलिसा गुरुङले ९, बिन्दा कटवालले ९, याशु पाण्डेले १ रन बनाईन् । सलिना सिलवाल १ रनमा नटआउट रहिन् । सुदूरकी रितु कनोजिया र मनिषा चौधरीले समान दुई तथा इश्वरी विष्टले एक विकेट लिईन् । 

समूह एको खेलमा सुदूरपश्चिम प्रदेशले दुई अंक जोडेको छ । बिहानको उद्घाटन खेलमा प्रदेश नम्बर एकले मधेश प्रदेशलाई पराजित गरेको थियो ।