सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरीलाई उम्मेदवार बनाउने एमालेको निर्णय
2023/01/17, 2:58

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ । सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ ।

उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ । सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोईलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो ।
उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन् । प्रदेशसभाका एक सांसदकनअनुसार चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भइसकेको छ । प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखको निर्वाचन गर्ने तयारी अघि बढाएका छन् । उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48