एपीएफमाथि ऐतिहासिक जित निकाल्दै सुदुरपश्चिम प्रदेश सेमिफाइनलमा
2023/01/17, 5:41
 
ss

सुदुपश्चिम प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा साविक विजेता एपीएफ क्लबलाई ४ विकेटले हराउँदै सुदुरले समूह विजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

एपीएफले दिएको ९२ रनको लक्ष्य सुदुरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर ९२ रन जोड्दै पूरा गर्यो ।  सुदुरका लागि डोली भट्टले सर्वाधिक ३३ रन बनाईन् । ऋतु कजोनियाले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

एपीएफका लागि नेरी थापाले ३ विकेट लिईन् ।  त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।  एपीएफका लागि ममता चौधरीले अविजित रहदै सर्वाधिक २६ रन जोडिन् । रोमा थापाले १५ रन जोड्दा इन्दु वर्माले ११ रन जोडिन् ।

ज्योति पाण्डे १४ रनमा आउट हुँदा कप्तान सीता राना मगर ४ रनमा आउट भईन् ।  सुदुरका लागि कविता जोशीले ३ तथा ऋतु कजोनियाले २ विकेट लिईन् ।  यस जितसँगै सुदुरले समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सुदुरले ३ खेलमा ६ अंक जोडेको छ ।  एपीएफले भने ३ खेलमा ४ अंक जोड्यो ।  एपीएफ भने उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।