सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री महिला क्रिकेटको फाइनलमा, मधेस ११४ रनले पराजित
2023/01/20, 1:50
 
ss

सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा सुदुरपश्चिमले मधेस प्रदेशमाथि ११४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । इटहरीको जनता क्रिकेटपार्कमा भएको खेलमा  कविता कुवँर र कप्तान विन्दु रावलले १२८ रनको ओपनिङ साझेदारी गरेका थिए । 

टस जितेर पहिला ब्याटिङ गरेको सुदुरले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८० रन बनाएको थियो । उसका लागि कविता कुँवरले सर्वाधिक ७० रन बनाइन भने कविता जोशीले ३२ रन योगदान गरिन् । कप्तान विन्दु रावल ६० रनमा अविजित रहिन् ।   मधेसका भुमि सिंह र साना प्रविनले सुदुरको एक एक विकेट लिए । 

सुदुरले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदा ६६ रनमात्र बनाउन सक्यो । मधेसका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । प्रतिमा साहले सर्वाधिक १९ रन बनाउँदा सिमा कुँवरले १६ र अलिसा यादवले १४ रन बनाइन् । 

सुदुरपश्चिमका मनिषा चौधरी र ऋतु कनौजियाले समान दुई दुई विकेट लिँदा कविता कुँवर र स्नेहा महराले एक एक विकेट लिए । सुदुरपश्चिमकी कविता कुवँर खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।