
कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा इन्जिनमा च्यापिएर सहचालकको मृत्यु भएको छ । शुक्रबार बिहान गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा इन्जिनमा च्यापिएका कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाकाअनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको छ । चौधरीको शव निकाल्ने काम भइरहेको छ । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ । गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54