
धनगढी - कैलालीमा भन्सार छलीका युरिया मल बरामद गरिएको छ। आइतवार बिहान जिल्लाको भजनी नगरपलिकाबाट भन्सार छलीका ३५ बोरा युरिया मल बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार बिहान ६ः०० बजे कैलालीको भजनी नगरपलिका ८ बस्ने टेकबहादुर खत्रीको घरको गोठमा लुकाईराखेको अवस्थामा बरामद गरिएको हो। ३५ बोरा (१७ कुन्टल) भारतीय युरिया मल खत्रीको घर बाट बरामद गरि ईलाका प्रहरी कार्यालय भजनीलाई बुझाईएको प्रहरीले बताएको छ।सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/05/06, 4:58
2022/11/30, 4:26
2024/05/01, 12:39