
धनगढी - कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाल पक्राउ परेका हुन्। अत्तरिया बसपार्क नजिकै म २ प १५३० नम्बरको स्कुटीमा सवार डडेल्धुरा अमरगढी नगरपालिका–९ घर भएका पाललाई आइतवार पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ ।

प्रहरी टोलीले चेकजाँच गर्दा पालले लगाएको जिन्स पाईन्टको बाँया खल्ती र दाहिने खुट्टाको जुत्ताभित्र लुकाई राखेको ६ थान पलाष्टिकमा राखेको पुडियासहित उनलाइ पक्राउ गरिएको छ। ५४० मिलिग्राम लागु औषधखैरोहेरोईन सहित पाललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54