
अछाम - अछाममा एक विद्यालयका प्रधानाध्यापक पाँच दिनदेखि बेपत्ता भएका छन् । अछामको मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका ३५ वर्षिय जगत बहादुर साउँद बेपत्ता भएका आफन्तले बताएका छन्।

सोही ठाउँमा रहेको शिव आधारभूत विद्यालयका प्रधानाध्यापक साउँद माघ २ गते बेलुकी ६ बजेतिर घरबाट निस्केका र त्यसपछि घर नफर्केका उनका भाई आनन्द साउँदले बताए। ६ दिन भैसक्दा समेत घर नफर्केका र सम्भावित सबै ठाउँमा खोजि गर्दा समेत फेला पार्न नसकिएको उनले बताए। कहि कसैले फेला परेमा ९८६८५६०६६३ अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन साउँदले अनुरोध गरेका छन् ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/03, 4:09