
कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। जिल्लाको लालझाडी गाँउपालिका–५ देखतभूलीमा अवैध रुपमा घरमा लुकाएर राखिएकोे अवस्थामा काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय लालझाडीले जनाएको छ। स्थानीयको ६ ओटा घरबाट अवैध काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले बताए।

चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद गरिएको यादवले बताए। स्थानीय सुविता रानाको घरबाट ६.८७ चिरान, ३८.२८ गोलिया, मोति रानाको घरबाट १५.१८ चिरान, ३८.०१ गोलिया, मोलो रानाको घरबाट चिरान ३३.७४, काली रानाको घरबाट चिरान १९.०१, विक्रम रानाको घरबाट २७.१४ र भङगी रानाको घरबाट ३२.९४ क्युफिट गोलिया बरामद गरिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54