प्रधानमन्त्री कप च्याम्पीयन सुदुरपश्चिमको टोलीलाई धनगढीमा स्वागत (भिडियो सहित)
2023/01/25, 5:29
 
ss

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगिताको च्याम्पीयन सुदुरपश्चिम प्रदेशको टोलीलाई धनगढीमा स्वागत सहित नगर परिक्रममा गरिएको छ । प्रधानमन्त्री कप पहिलो पटक जितेको सुदुरपश्चिमको टीमलाई धनगढीमा स्वागत गर्दै नगर परिक्रममा गरिएको हो । प्रदेश १ को ईटहरीमा भएको प्रतियोगिताको फाईनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै पहिलो पटक च्याम्पियन बनेको हो ।

म्पीयन टोली धनगढी पुगेपछि प्रादेशिक क्रिकेट संघले सम्मान सहितको नगर परिक्रममा गरेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले सम्मान गरे । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय प्रतियोगिताको पहिलो पटक उपाधि जितेपछि टोलीलाई धनगढीमा सम्मान सहित नगर परिक्रमा गराईएको हो । पहिले पटक उपाधि जितेको महिला टोलीका खेलाडीहरु प्रदेशलाई च्याम्पीयन बनाउन पाउँदा हर्षित भएको कप्तान विन्दु रावलले बताईन । 

भागीय टीमका साथै प्रतियोगिताभर अपराजित रहेको सुदुरपश्चिम क्रिकेट टोलीलाई नगद सहित प्रदेश सरकारले पनि सम्मान गर्ने जनाएको छ । सरोकारवालाहरुले यो उपलब्धीका कारण प्रदेशमा महिला क्रिकेटमा लगानी बढाउनुपर्ने दबाब पनि सिर्जना भएको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहले बताउनुभयो । महिला क्रिकेट टोलीको यो सफलता र संघर्षमा खेलाडीहरुको व्यक्तीगत मेहनत रहेको छ । अब प्रदेश सरकारले महिला क्रिकेटमा लगानी बढाउनुपर्ने सुदुरपश्चिम प्रादेशकि क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए ।