
सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा ९एमाले० बाट राजीनामा दिएकी छिन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छिन् ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54