
गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा कैलाली पुगेको छ। जिल्लाको लम्की र बर्दगोरीयामा सलह किरा देखिएको हो। लम्किचुहा नगरपालिका वडा नम्बर १ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिए। रावलले सलहलाई आफुहरुले मारेर राखेको पनि बताए।

उता कैलालकिो बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ। बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको सुन्न आएको बताए।
यता प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह किरा कैलालीमा देखिएको सुन्नमा आएको र सो बारेमा बुझ्ने प्रयास भईरहेको बताए।कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले विभिन्न ठाउँमा सलह किरा पुगेको आशंका गरिएकाले टोली पठाइएको बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/18, 9:43
2020/06/10, 1:46