उद्घाटनसंगै कालंगा जलविद्युत परियोजना केन्द्रिय प्रसारण लाईनमा जोडियो
2023/02/02, 1:54

सुदुर पश्चिमको सबैभन्दा ठूलो ३८।४६ मेगावाटको अपर कालंगा जलविद्युत परियोजना सञ्चालनमा आएको छ । कांलगा बेसिनका अध्यक्ष उमेश श्रेष्ठले परियोजनाको उद्घाटन गरे ।

उद्घाटनसंगै कालंगा जलविद्युत परियोजना केन्द्रिय प्रसारण लाईनमा जोडिएको छ । उद्घाटन अघि परियोजनाको परीक्षण गरिएको थियो । परीक्षण पूर्ण रुपमा सफल भएपछि परियोजनाको उद्घाटन गरिएको हो ।
बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूर पश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46