
बझाङमा सवारी दुर्घटना भएको छ। धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको हो।

जिल्लाको केदारस्युँं गाउँपालिका २ र ४ को सिमाना ‘बजुवा’ बगरमा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको प्रहरीले बताएको छ।
युवतीको नाम भने खुलेको छैन्। सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले ठक्कर दिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 9:33
2021/11/08, 12:42
2022/10/14, 11:46