
दार्चुलामा भीरबाट लडेर एक किशोरीको मत्यु भएको छ। सोमबार घास काट्न गएका बेला भीरबाट लडेर जिल्लाको शैल्यशिखर नगरपालिका –४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्नाको ज्यान गएको स्थानीय रामसिंह ठगुन्नाले जानकारी दिए।

भीरबाट खसेर करिब डेढ सय मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए।
