
डडेल्धुरा प्रहरीले बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । अजयमेरु गाउँपालिका –२ बसनाका मीनबहादुर साँकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि अमरगढी नगरपालिका–४ भलियाकी एक स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जबरजस्ती करणी गरेको जाहेरीको आधारमा साँकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । पक्राउ परेका साँकीमाथि जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09