व्यवसायीहरूका समस्या समाधान गर्न कैलाली उद्योग वाणिज्यले बुझायो अर्थमन्त्री पौडेललाई ज्ञापन पत्र
2023/02/17, 5:52

कैलाली उद्योग वाणिज्य सङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ । उद्योगी व्यवसायीहरू मारमा परिरहेको र उनीहरुको समस्या समाधान गर्न माग गर्दै आज उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुवरले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

आफ्नै कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पछिल्लो समय व्यवसायीहरू मारमा परेको बारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । उनले बैङ्कले बढाएको ब्याजदर घटाउनु पर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखे । मन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताएका थिए ।
उनले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरुका समस्याहरू हल गर्ने बिषयमा छलफल गरिरहेको समेत जनाए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00