
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ टिन बजारबाट एक थान खुकरीसहित मिनबहादुर धामी र लालबहादुर विक पक्राउ परेका छन् । उनीहरुबाट लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरी बरामद गरिएको हो।

पक्राउ पर्ने बर्दगोरिया गाउँपालिका–४ का ४० वर्षीय विक र लम्किचुहा नगरपालिका–४ का २५ वर्षीय धामी रहेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई लागूऔषधसहित फेला पारेपछि पक्राउ गरेको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00