
धनगढीमा रेडक्रसका कर्मचारीमा पनि कोरोना देखिएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीमा कार्यरत छन् ।

उनी कोरोना भाईरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा खटिएका थिए । उनी विभिन्न क्वारेन्टिनमा पनि पुगेका थिए । सामाजिक दूरी कायम गरेर काम गरेको र अन्य कर्मचारीको समेत परीक्षण गर्ने तयारी रहेको नेपाल रेडक्रस कैलालीका सभापति उत्तम जोशीले बताए ।
रेडक्रसमै कार्यरत एम्बुलेन्स चालक कोरोना भाईरसका कारण मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ का पुरुषको शव व्यवस्थापनमा खटिएका थिए । उनमा भने कोरोना संक्रमण देखिएको छैन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00