
कैलाली - कुटपिटबाट कैलालीका एक युवकको हत्या गरिएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा मजदुर काम गरी बस्ने कैलाली धनगढी १७ धुर्जनाका ३५ वर्षीय रजि साउँदको कुटपिट गरी हत्या गरिएको डोटी प्रहरीले बताएको छ।

उनी निर्माणाधिन स्कुलको भवनमा मजदुर काम गर्दै आएका थिए। पूर्वीचौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टीले आइतबार कुटपिट गरेका थिए ।मादक पदार्थ सेवन गरी भएको झगडामा सेट्टीले कुटपिट गर्दा गम्भीर घाइते भएका चौधरीको उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कुटपिट गरी हत्या गरेको अभियोगमा सेट्टीलाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको बताइएको छ।

2025/05/02, 12:59
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31