
नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको स्थायी कमिटीमा छलफल भएको पत्रकारहरूलाई बताए।
‘नयाँ पार्टी नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको छ। यसमा हाम्रो पार्टीको नेता कार्यकर्ताको संलग्न छ कि छैन भनेर छलफल भयो,’ प्रवक्ता श्रेष्ठले भने ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/07/18, 6:02
2020/05/28, 7:10
2020/09/28, 9:08